कठमाडौं । साेलुखुम्बु जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाका दिन पनि नागिरकता, राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा दिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री ले सार्वजनिक बिदा, पर्व बिदा, दिवस बिदा, जन्मजयन्ती बिदामा जिल्ला प्रशासन कार्यालयबाट नागिरकता, राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणजस्ता सेवा प्रवाह हुने जानकारी दिइन् ।
नेपाल सरकारले संवत २०८१ वैशाखदेखि चैत मसान्तसम्म देहायका बिदाका दिनहरुमा सेवा प्रवा हुने सो सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सेवा प्रवाह हुने सार्वजनिक दिन




प्रतिक्रिया