इरानले इजरायलमा गरेको आक्रमणले नेपालीलाई असर गरेको छैन : नेपाली दूतावास

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीलाई आक्रमणले असर नगरेको बताएको छ ।

इजरायलस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ ।

सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरुलाई कुनै असर नपरेको र सबै नेपालीहरु सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार