मुस्लिम धर्मावलम्बीको इद पर्वमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आज मुस्लिम धर्मावलम्बीको ईद उल फित्र (इद) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो ।

इद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । इद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। इदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

प्रतिक्रिया