प्रहरीले किन नियन्त्रणमा लियो वीरगन्ज नेशनल मेडिकल अस्पतालका प्रबन्धक र ल्याब प्रमुखलाई

काठमाडौं । प्रहरीले वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक शहनवाज हुसेन अन्सारी र ल्याब प्रमुख सन्जय साह लिएको छ ।

प्रहरीका अनुसार मेडिकल कलेजको ल्याब र फार्मेसीमा म्याद गुज्रिएको औषधि र केमिकल फेला परेपछिउनीहरुलाई नियन्त्रणमा लिएको हो ।

सोमबार दिउँसो वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको ल्याब र फार्मेसीमा छापा मारेको थियो।

दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्सा प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार