नेपालबाट हराएकी युवती भारतको होटलमा

काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाबाट हराएकी एक किशोरी भारतमा भेटिएकी छन् ।

इलाका प्रहरी कार्यालय बेलडाडीका अनुसार जिल्लाको बेलडाँडी गाउँपालिका वडा नं. ५ इमलिया घर भएकी १६ वर्षीया किशोरी भारतको हरियानाबाट उद्वार गरिएको हो ।

बेलडाडी घर भएकी युवती चैत २ गते घरबाट हराएको थिइन । आफन्तले इलाका प्रहरी कार्यालय बेलडाडीमा खोजतलासका लागि निबेदन दिएपछि खोजतलासका क्रममा भारतको हरियाणामा फेला परेकी हुन् ।

उनी चैत ३ गते गड्डाचौकी नाका हुँदै भारत पसेको जानकारी पाएपछि आफन्त सोही अनुसार फलो गरेका थिए ।

प्रतिक्रिया