काठमाडौं । सरकारले सन् २०२३ देखि २०३२ सम्मको १० वर्षको अवधिलाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गर्ने भएको छ ।
आज आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो घोषणा गरेका हुन् ।
अतिथि देवो भव: भन्ने मान्यताअनुसार पर्यटकीय सेवाको गुणस्तर सुधार गर्ने अर्थमन्त्री बताए ।
सन् २०२३ मा नेपाल आउने पर्यटकको संख्या १० लाख पुर्याइने पनि उनले घोषणा गरे ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ नेपाल चिनौँ’ नारासहित अभियान सञ्चालन अर्थमन्त्रीको बजेट वक्तव्यमा उल्लेख छ ।


प्रतिक्रिया