पुरस्कारस्वरुप खेलाडीले पाउनुपर्ने पैसा अब पाउनुहुन्छ : मन्त्री श्रेष्ठ (भिडियोसहित)

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले छिट्टै खेलाडी पुरस्कारवापतको पैसा पाउने बताएका छन् । बिहीकार मन्त्री श्रेष्ठले एक ट्विट गर्दै यस्तो जानकारी दिएका हुन् । उनले भनेका छन् –

लामो समय देखि राष्ट्रिय खेलाडीहरूले नपाएको पुरस्कार प्रति हाम्रो ध्यानाकर्षण भएर सम्माननीय प्रधानमन्त्री र अर्थमन्त्री सङ्ग आज भेटघाट गरी यस विषयमा कुरा राख्यौँ र छिटै सो पुरस्कार उहाँहरूलाई वितरण गर्ने कुरा यहाँहरू माझ अवगत गराउन चाहन्छु ।

प्रतिक्रिया