काठमाडौं । विनोद चौधरीले बाँसबारी छालाजुत्ता जग्गा कानुनअनुसार नै लिएको बताएका छन् । उनले आज सीआईबीले दिएको बयानका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले बाँसबारी छालाजुत्ताको सरकारी जग्गा कानुन बमोजिम नै हालको सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको बयान दिएका जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ । उनलाई बिहीबार बिहान ८ देखि ११ बजेसम्म रामशाहपथस्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो ।
जसमा उनले बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिको निर्णय अनुसार नै उक्त जग्गा तत्कालिन च्याम्पियन फुटवेयर प्रालि .हालको सीजी चाँदबाग रेसिडेन्सीं को नाममा आएको बयान दिएका सरकारी वकिल कार्यालय स्रोतले बतायो ।
चौधरीको बयान उधृत गर्दै स्रोतले भन्यो, ‘कानुन बमोजिम बाहेक केही पनि गडबड गरिएको छैन । सरकारको सञ्चालक समितिले निर्णय गरेकाले कानुनसम्मत ढंगले जग्गा खरिद गरिएको हो ।’
बयानका क्रममा चौधरीलाई जग्गा फिर्ता प्रक्रिया अघि बढाए मुद्दा नचल्ने भनिएको थियो । तर चौधरीले भने आफ्नो तर्फबाट कुनै गल्ती नभएकाले कानुन बमोजिम भोग्न तयार रहेको बयान दिएका स्रोतको भनाइ छ ।


प्रतिक्रिया