काठमाडौं । वर्ल्ड ह्यापिनेस रिपोर्टमा लगातार सातौँ पटक फिनल्यान्ड पहिलो स्थानमा रहन सफल भएको छ । फिन्ल्याण्ड विश्वको खुसी देशमा सातौं पटक यो सूचीमा पर्न सफल भएको हो ।
१४३ देशको खुसीको स्तर मापन गरिएको उक्त प्रतिवेदन ग्यालप, द अक्सफोर्ड वेलबिइङ रिशर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घीय डिभिलपमेन्ट सोलुसन्स नेटवर्क र एउटा सम्पादकीय बोर्डले तयार पारेको हो।
प्रतिव्यक्ति कूल गाह्रस्थ उत्पादन, सामाजिक सहयोग, स्वास्थ्य, स्वतन्त्रता, सहृदयता र भ्रष्टाचारबारेका जनमतसहितलाई ध्यान दिएर तयार पारिएको उक्त प्रतिवेदनमा यस पटक संयुक्त राज्य अमेरिका पहिलो पटक विश्वका सर्वाधिक खुसी २० देशमा परेको छैन।
फिनल्यान्ड र अन्य नर्डिक देशहरू उक्त सूचीको माथिल्लो स्थानमा रहँदा सबैभन्दा पुछारमा अफगानिस्तान रहेको छ।
फिनल्यान्ड किन सर्वाधिक खुसी देश ?
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय खुसी दिवसका अवसरमा १४० भन्दा बढी देशका मानिसहरूबाट सङ्कलन गरिएका विवरणका आधारमा तयार पारिएको प्रतिवेदनमा फिनल्यान्ड लगातार सातौँ वर्ष सर्वाधिक खुसीयाली भएको देश बनेको छ।
उक्त प्रतिवेदनका संस्थापक सम्पादक तथा युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको भ्यानकुभर स्कूल अफ इकोनोमिक्सका प्राध्यापक जन हेलिवेलले सहभागीहरूले आफूले महत्त्व दिएका चीज र जीवनबारे दिएका अङ्कका आधारमा सो प्रतिवेदन तयार भएको बताएका छन्।





प्रतिक्रिया