ओलीसँग मिल्न देउवालाई प्रचण्डको चुनौती

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँ मिल्न चुनौती दिएका छन् ।

मंगलबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई यस्तो चेतावनी दिएका हुन् । नेपाली कांग्रेसलाई बेमतलब गर्दै कांग्रेससँगको सहकार्य त्यागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गर्न पुगेका अध्यक्ष दाहालले सभापति देवालाई यस्तो चेतावनी दिएका हुन् ।

यस्तै, सो क्रममा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने क्रममा संसदमा उठेको प्रश्नको जवाफ दिँदै दुई ठूला दल मिले के हुन्छ भनी आफूलाई दबाब दिन खोजेको भन्दै ढाडस दिए ।

‘ठूला दलहरु हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो, आज पनि भनियो,’ उनले भने, ‘मेरो त कामना छ, तपाईंहरु मिल्नूस् । माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश, जनता, संविधान, राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिरहछ ।’

प्रचण्डले अगाडि भने, ‘हिजो त तपाईँहरु सबै मिलेर टाउको काट्न खोजैकै हो नि त ।’ ठूलाहरु दल मिल्दा आफू नडाराउने उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्वाद गरौं भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई राखेको प्रस्ताव स्मरण गर्दै उनले भने, ‘यहाँ पूर्व प्रधानमन्त्री केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा एउटा मर्मका साथ प्रयोग गर्नुभयो । उतापट्टी माननीय पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभो ।’

‘बोल्नुस्, म भन्छु, बोली फुकाउनुस् । बनाउनुस् सहकार्य,’ उनले भने, माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबावमा पर्छ भन्ने भ्रम नराख्नुस् ।’

आफूलाई फाइदा हुुन्छ, राजनीतिक रुपमा हित हुन्छ भने मिल्न र त्यस्तो हुँदैन भन्ने लागेमा गठबन्धन छोड्न हरेक दल स्वतन्त्र रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार