गोकर्णेश्वर ८ मा शुद्ध पिउने पानी परियोजना सम्पन्न

काठमाडौं । रोटरी कलब अब होड्स्डनद्वारा निर्माण भएको शुद्ध पिउने पानी परियोजना सम्पन्न गरेर नेपाल महिला तथा बाल सेवा समाजलाई हस्तान्तरण गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष नन्दलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सो परियोजना हस्तान्तरण गरिएको हो । नेपाल महिला तथा बाल सेवा समाजमा आश्रित बालबालिकालाई लक्षित गरी बनाइएको शुद्ध पिउने प्लान्ट हस्तान्तरणसँगै विगत १० वर्षदेखि अनाथ बालबालिकाले शुद्ध पानी पिउन पाउने भएका छन् ।

अहिलेसम्म निरन्तरता पाएको नेपाल महिला तथा बाल सेवा समाजकी प्रतिनिधि तारा पुडासैनीले बताइन् ।

प्रतिक्रिया