काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक अघि बढाउने बताएका छन्।
युगान्डाको भ्रमण सकेर आइतबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
सो क्रममा उनले भने, ‘टीआरसी विधेयक सदन खुल्ने बित्तिकै टुङ्ग्याइनेछ । टीआरसीबारे सबै तयारी गरेका छौं। संसद्को उपसमितिबाट समितिमा विधेयक गएको छ। सदन खुल्नेबित्तिकै प्राथमिकताकासाथ राखेर टुंगो लगाइन्छ । अन्तिममा सहमतिबाटै टुंगो लाग्छ । त्यसपछि शान्ति प्रक्रियाका बाँकी कामले गति लिन्छ ।’



प्रतिक्रिया