काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । माघ १ गतेबाट लागू हुनेगरी १३ जनालाई हटाएको प्रधानमन्त्रको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई बिदा गरेको सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलाई पत्रमार्फत् जानकारी गराएका छन् । यसअघि प्रधानमन्त्री दाहालले आफ्नो सचिवालयलाई छरितो बनाउने बताउँदै आएका थिए ।


प्रतिक्रिया