मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका दिन आममाफी दिएपछि उनी आज जेलमुक्त भएका हुन् ।
जेलमुक्त भएपछि के भने चौधरीले ?
डिल्लीबजार कारागारबाट छुटेपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले आफू निर्दोष रहेको र दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्। उनले कसैले कसैलाई आरोप लगाएर नहुँने बताउँदै असली दोषीलाई राज्यले कारबाही गर्नुपर्ने धारणा राखे।
उनले टीकापुर घटनाको छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने माग गरे।
यता सामाजिक सञ्जालमा भने चौधरीलाई राष्ट्रपतिले माफि दिन गणतन्त्रको उपहास भएको भन्दै विरोध गरेका छन्।



प्रतिक्रिया