नागढुंगा सुरुङमार्गको शुल्क लिने मिति तोकियो, कुनको कति?

काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनसँग सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने सूचना निकालेको छ । आयोजनाले आगामी कात्तिक १५ गतेदेखि दस्तुर संकलन गर्ने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विकास सहायता कार्यान्वयन महाशाखाअन्तर्गतको आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्क संकलनसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

आयोजनाले काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिरिने सवारीसाधनका लागि छुट्टाछुट्टै सडक उपभोग दस्तुरको दर तोकेको छ । जसमा वर्गअनुसार ६५ रुपैयाँदेखि अधिकतम ६०० रुपैयाँसम्म र काठमाडौंबाट बाहिरिने सवारीसाधनले ६० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म टोल शुल्क लाग्ने छ ।

आयोजनाले सुरुङमार्ग प्रयोगकर्ता सम्पूर्ण सवारी धनी तथा चालकलाई तोकिएको शुल्क बुझाएर मात्र यात्रा गर्न सूचनामार्फत आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार