उग्रतारामा दर्शनार्थीको घुइँचो

काठमाडौं । महाअष्टमीका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर उत्तरमा रहेको मन्दिरमा अष्टमी मेला भर्न विभिन्न जिल्लाबाट भक्तजन पुगेका छन् ।

उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलाका अवसरमा राँगा र बोकाको बलि दिएर पूजाआजा गर्ने परम्परा छ । दशैंका दिन पनि मन्दिरमा विशेष पूजाआजा गरिन्छ । मेलामा सुदूरपश्चिमका नौवटै जिल्लासहित अन्य क्षेत्रबाट समेत भक्तजन आउने गरेको अध्यक्ष साँकीले बताए ।

प्रतिक्रिया