काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६० लाख रुपैयाँ सहयोग गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री स्वर्णिम बाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ६० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका सञ्चालक शशांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेलको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा बाढी तथा विपद्का कारण ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतकहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको थियो । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराएको उक्त सहयोगले बाढीपीडित परिवारलाई राहत वितरण तथा पुनर्स्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।



प्रतिक्रिया