काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गत जेठ १७ गते सीमासम्बन्धी दिएको अभिव्यक्तिबारे सरकारसँग जवाफ माग गरेको छ।
प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध जनाएका थिए। बैठक सुरु भएपछि सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सच्याउनुपर्ने तथा संसद्को रेकर्डबाट हटाउनुपर्ने मागबारे सरकारको ध्यानाकर्षण गराइन्।
उनले लामो समयदेखि सदनमै उक्त अभिव्यक्ति सच्याउन वा रेकर्डबाट हटाउन माग गर्दै आए पनि अहिलेसम्म सम्बोधन नभएको भन्दै सरकारले कहिलेसम्म यस विषयमा निर्णय गर्छ भन्ने प्रश्न गरिन्।
संग्रौलाले उक्त माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।



प्रतिक्रिया