११ जना कांग्रेस केन्द्रीय सदस्यविरुद्ध अनुसन्धान उल्लंघन गरेको भन्दै उजुरी

काठमाडौं ।  नेपाली कांग्रेसका अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले ११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी आएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा आइतबार आफ्नो धारणा राख्ने क्रममा उनले ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी आएको जानकारी गराएका हुन् ।

समितिले अनुशासन उल्लंघनको उजुरी गर्दा अडियो, भिडियो र लिखित प्रमाण खोज्ने गरेको बताए । समितिले पारदर्शी तरिकाले काम गरिरहेको उनले दाबी गरे ।

अनुशासन समितिले हाल महासमिति सदस्य चयन हुन नसकेका २५ जिल्लाका उजुरीलाई प्राथमिकतामा राखेर छानबिन गरिरहेको पनि संयोजक ढुंगानाले बताए । उजुरीकर्ता र आरोपीलाई बोलाएर मिलाउने तथा स्पष्टीकरण लिने कार्य भइरहेको उनले सुनाए ।

प्रतिक्रिया