बाढीग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन शाह विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा जुटेका छन् ।

रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेबाट नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल सुरु भएको छ ।

प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानलगायतका विषयमा छलफल केन्द्रित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार