पहिरोले थुन्यो, सोलुको हुंगाखोला,सतर्क रहन आग्रह

काठमाडौै । सोलुखुम्बुस्थित हुंगा (हुंकु)खोलामा पहिरो खसेर १५ मिटरको ड्याम बनेको छ । सोही खोलामा ड्याम बनेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट सूचना प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

खोलामा थप पहिरो खसिरहेको छ । हुंगा (हुंकु)खोला, दूधकोशी नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“आज मिति २०८३–०५–२६ बिहान ८ः४० । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनाअनुसार महाकुलुङ गाउँपालिका गुदेल सोलुखुम्बुस्थित हुंगा (हुंकु)खोलामा माथिबाट पहिरो खसेर खोलामा १५ मिटरको ड्याम बनेको र हाल थप पहिरो खसिरहेको हुँदा हुंगा (हुंकु)खोला, दूधकोसी नदीतटीय र आसपास बसोबास गर्नुहुने बासिन्दाहरूले अर्को सूचना जारी नहुँदासम्म उच्च सतर्कता अपनाउनहुन अनुरोध छ,” महाशाखाले भनेको छ ।

प्रतिक्रिया