काठमाडौं । ग्यासमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
ग्यासको अभाव देखाउँदै उपभोक्तालाई असहज बनाउने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएको मौका छोपेर केही व्यवसायीले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा बढी मूल्य असुल्ने गरेको गुनासो बढेको छ।
सम्बन्धित निकायले ग्यासको नियमित आपूर्ति तथा वितरण सुनिश्चित गर्न बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ। अनुगमनका क्रममा कालोबजारी, कृत्रिम अभाव वा तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
पक्राउ परेका दुई जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया