प्रचण्डले भने– भदौ २४ नेपालको लोकतान्त्रिक इतिहासको कालो दिन

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका सबै पक्षको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका हुन्। उनका अनुसार आन्दोलन अभिव्यक्ति स्वतन्त्रता, सुशासन र भ्रष्टाचारविरुद्धको खबरदारीबाट सुरु भए पनि राज्यको दमनपछि घटनाले फरक रूप लिएको थियो।

प्रचण्डले भदौ २४ गतेलाई लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’ भन्दै राष्ट्रिय स्वाधीनता तथा ऐतिहासिक र पुरातात्विक सम्पदामाथि भएको क्षतिको समेत निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। साथै, जेन–जी विद्रोहका नाममा आफ्नो पार्टी र नेतृत्वमाथि भएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न नसकिने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार