काठमाडौं । नेकपा (एमाले)को कोशी प्रदेशका १४ मध्ये १२ जिल्लामा अधिवेशनको प्रतिनिधि छनोट सम्पन्न भएको छ ।
एमालेले कोशी प्रदेशका १४ जिल्ला, जनसंगठन र मनोनीत गरेर १ हजार ४७ जना प्रतिनिधिहरू चयन हुनेछन् ।
एमालेले असोज १२ र १३ गते विराटनगरमा प्रदेश अधिवेशनको मिति तय गरेको छ । जसका लागि ताप्लेजुङबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १८१, सङ्खुवासभाबाट ३९, तेह्रथुमबाट ४३, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६, मोरङबाट १७८, सोलुखुम्बुबाट १६, ओखलढुङ्गाबाट ४२, खोटाङबाट ५६, उदयपुरबाट ३६ जना र जनसंगठनबाट ५६ र मनोनीत ५० जना प्रतिनिधि छनोट हुने पाठकले बताए । उनले जसमध्ये। भूगोलबाट ९६२ जना रहनेछन् । युवाबाट ५३, मजदुरबाट ३२ जना प्रतिनिधि छनोट हुँदा ३३४ जना भने महिला प्रतिनिधि छनोट हुने बताए ।



प्रतिक्रिया