काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरुलाई दुईजनालाई काठमाडौं ल्याइएको छ ।
उद्धार गरिएका व्यक्तिहरूमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जन हुन् । सप्तरीका साह मेकानिकल फोरम्यान र काठमाडौंका महर्जन मेकानिकल सुपरभाइजरका रूपमा त्यहाँ कार्यरत रहेका छन् ।
उनीहरुको अवस्था चिन्ताजनक नभएको प्रहरीले जनाएको छ ।
नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त उद्धार टोलीले सुरुङभित्रबाट उनीहरूलाई सकुशल बाहिर निकालेको थियो । त्यहाँबाट उपचारका निम्ति हेलिकोप्टरमार्फत उनीहरूलाई काठमाडौं पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
“बाढी आएको १०औँ दिनमा भदौ १९ गते बिहान रसुवास्थित त्रिशूली–३ ‘ए’बाट नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले सुरुङभित्र फसेका दुईजनाको जीवितै उद्धार गरेर उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाएको छ,” सशस्त्र प्रहरीले भनेको छ ।


प्रतिक्रिया