बाढीपीडितलाई कांग्रेसका सांसदको आधा महिनाको तलब सहयोग

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितलाई आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

सो क्रममा प्रमुख सचेतक थापाले बाढी र बाढी प्रभावितका लागि राहत तथा पुनर्स्थापनाको सहजताका लागि संसद सुचारु हुनुपर्ने पनि बताइन् । उनका अनुसार स्थलगत अनुगमनका सन्दर्भमा कांग्रेसले आफ्ना सांसदहरूलाई प्रभावित क्षेत्रमा जाँदा उद्धार कार्यमा बाधा नपुग्ने गरी, भीडभाड नगरी र आवश्यक समन्वयका साथ मात्र जान निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार