अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा ‘धराशायी’ बन्दै गएको दाबी गरेका छन् । अमेरिकाले तेहरानविरुद्ध नयाँ आर्थिक दबाब अभियानको तयारी गरिरहेका बेला ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो ।
ट्रम्पले सोमबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा इरान पूर्ण रूपमा धराशायी भएको दाबी गरेका थिए । उनले आफ्नो पोस्टमा इरानको आर्थिक तथा राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका हुन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानविरुद्ध ‘आर्थिक सङ्कट’ सुरु भएको घोषणा गर्नुभएको केही घण्टापछि ट्रम्पको यस्तो टिप्पणी आएको थियो। बेसेन्टले इरानलाई सहयोग गर्ने कुनै पनि देश ‘विश्वव्यापी बहिष्कृत’ बन्न सक्ने चेतावनी दिएका थिए ।
बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले इरानको सैन्य क्षमता ध्वस्त पारेको, उसका करिब सबै सैन्य कारखाना नष्ट गरेको र परमाणु कार्यक्रम विफल बनाएको दाबी गरेका थिए ।




प्रतिक्रिया