साउन १ मा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने गरी कानुनी तयारी अघि बढाएको छ। बजेट सार्वजनिक गर्ने मिति निश्चित गरिएजस्तै मौद्रिक नीति घोषणाको मिति पनि साउन १ गते तोक्ने सहमति प्रतिनिधि सभाको अर्थ समितिमा जुटेको हो।

सोमबार बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दै मौद्रिक नीति सार्वजनिक गर्ने मिति निश्चित गर्ने विषयमा सहमति भएको समिति सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए।

बैठकमा वित्तीय क्षेत्रसँग सम्बन्धित अन्य प्रस्तावमा पनि केही परिमार्जनसहित सहमति जुटाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार