काठमाडौं । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा नागरिक खबरदारी आवश्यक भए पनि अनुसन्धानलाई स्वतन्त्र रूपमा काम गर्न दिन आग्रह गरेका छन्।
घटनाबारे चौतर्फी विरोध तथा आलोचना हुन थालेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् ।
उनले सरकारमाथि प्रश्न उठाउन र कमजोरी भए खबरदारी गर्न आग्रह गर्दै अनुसन्धानमा अनावश्यक दबाब नदिन अपिल गरेका छन्। घटनामा दोषीलाई कानुनअनुसार अधिकतम सजाय दिलाउने र भविष्यमा यस्ता अपराध रोक्न प्रभावकारी कानुनी तथा संस्थागत व्यवस्था बनाउने सरकारको प्रतिबद्धता रहेको उनले बताएका छन्।
गृहमन्त्री गुरुङले ‘आक्रोशलाई न्यायको शक्तिमा बदलौं, गरिमालाई न्याय दिलाऔं’ भन्दै हरेक छोरी सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु सरकारको लक्ष्य रहेको उल्लेख गरेका छन्।


प्रतिक्रिया