रास्वपाको केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको दस्तावेज, स्थानीय निर्वाचनका लागि उमेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफलको तयारी छ ।

केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन बैठकका एजेन्डा रहेका छन् ।

स्थानीय निर्वाचनका लागि केन्द्रीय उमेदवार छनोट समिति सदस्य मनोनयन, योजना, कार्यक्रम तथा अभियानको विषय पनि बैठकको एजेन्डामा छ ।

पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि छलफल हुने पार्टी महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।

पार्टी केन्द्रीय समिति बैठकमा पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भने छैनन् । उनी आज मुस्ताङतर्फ लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार