काठमाडौं । भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेपछि बहुप्रतीक्षित सिएरा ईभीको नेपालमा आधिकारिक आगमन भएको छ ।
लन्चअघि नै अटो पारखीहरूमाझ व्यापक कौतुहलता सिर्जना गर्न सफल यो मोडल भदौ १० देखि १५ सम्म काठमाडौँमा आयोजना हुने नाडा अटो शो २०२६ मा आधिकारिक रूपमा सार्वजनिक गरिँदै छ ।
आफ्नो सेग्मेन्टमा अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स र विशिष्ट डिजाइनको बेजोड संगम बोकेको सिएरा ईभी नेपाली बजारमा भित्रिने नयाँ बेन्चमार्क ईभी मोडल हो । भारतीय बजारमा बिक्री र बुकिङका नयाँ मापदण्ड कायम गरेको यस गाडीले नेपाली विद्युतीय सवारीसाधनको क्षेत्रमा समेत नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ ।
नेपाली सडकको बनावट र आधुनिक चालकको आवश्यकतालाई दृष्टिगत गरी भित्र्याइएको सिएरा ईभीले प्रिमियम राइडिङ र ड्राइभिङ डाइनामिक्सको नयाँ मानक स्थापित गर्ने छ । दमदार रोड प्रेजेन्स, उत्कृष्ट ब्याट्री रेन्ज र मजबुत निर्माण शैलीका साथ आउँदै गरेको सिएरा ईभीले नेपालको ईभी क्षेत्रमा नयाँ व्यावसायिक क्रान्ति ल्याउने निश्चित छ ।
अटोमोबाइल क्षेत्रको यस महत्त्वपूर्ण माइलस्टोनको साक्षी बन्न तथा सिएरा ईभीलाई नजिकबाट नियाल्न नाडा अटो शोमा यसको स्टल अवलोकनका लागि काउन्टडाउन सुरु भइसकेको छ ।



प्रतिक्रिया