सचिवका निर्णयहरु केके हुन् ?

काठमाडौँ । मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भदौ १ गते बसेको सचिवहरूको बैठकले प्रशासनिक सुधार, कानुन परिमार्जन र विकास निर्माणलाई गति दिने गरी १० निर्णयहरू गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले चालू आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ का रूपमा कार्यान्वयन गर्ने निर्णय गर्दै प्रचलित कानुनहरूको समसामयिक परिमार्जन, खारेजी र नयाँ कानुन निर्माणको कार्यलाई तीव्रता दिने लक्ष्य लिएको छ।
यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा गठित उच्चस्तरीय सुधार समितिलाई सहयोग गर्न र आवश्यक तथ्य तथा सूचना उपलब्ध गराउन सबै मन्त्रालय र निकायहरूलाई निर्देशन दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार