काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाकालदेखि निरन्तर खटिरहेका व्यक्ति स्थानीय तहको चुनावमा उम्मेदवार हुने सम्भावना बढी हुने स्पष्ट पारेका छन् ।
‘गाउँपालिका क्यान्डिडेट क्लब’ आवदेन सुरु गर्ने क्रममा सभापति लामिछानेले पार्टी गठनको बेलादेखि अनवरत खटेका उम्मेदवार हुने सम्भावना बढी रहेको बताए । ‘रास्वपामा जो काम गरिरहनु भएको छ । जो पार्टीमा खटिरहनु भएको छ । सुरुवातदेखि आजसम्म खटिरहनु भएको छ । उहाँहरुको सम्भावना बढी छ’, सभापति लामिछानेले भने, ‘प्रतिस्पर्धामा अरुलाई भन्दा उहाँहरुलाई सजिलो अवश्य पनि छ । हिजो घन्टी बोक्दै गर्दा मुद्दा खेपेको, पिटाइ खाएको, गाली खाएको, बेइज्जती सहेको हामीले बिर्सेका छैनौं । अरुलाई भन्दा रास्वपामा काम गरिहेकालाई सजिलो जरुर हुनेछ ।’



प्रतिक्रिया