काठमाडौं । सत्तारुढ दल रास्वपाका सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको लत्ता-कपडा र जुत्ता खरिदमा भएको भ्रष्टाचार काण्ड तत्काल छानबिन गर्नुपर्ने बताएका छन् । यसअघि यही विषयमा समितिको बैंठकमा अभिव्यक्ति दिँदा उनी विवादमा तानिएका थिए । त्यसैगरी,सोही विषयका कारण उनको आइजिपी दानबहादुर कार्की र गृहमन्त्री सुधन गुरुङसँग सम्बन्ध सुमधुर छैन ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै सांसद सुनारले तत्काल उक्त काण्डको छानबिनका लागि समिति बनाइ दोषीमाथि कारबाही गर्न माग गरे ।
उनले भनेका छन्, ‘म्यादी प्रहरीको लत्ता, कपडा जुत्ता खरिदमा भएको भ्रष्टाचार काण्डको उजुरी तत्काल छानबिन समिति गठन गरी दोषीउपर कारबाही जरुरी छ ! त्यसअघि गृह सचिव र IGP बर्खास्त गर्न अनिवार्य छ !! भ्रष्टाचारको विरुद्ध सुशासन कायम गरी जनमतको कदरको लागि यो कदम उठाउनु पर्छ !!!’
आफू दरिलो प्रहरीको पक्षमा रहेको बताउँदै उनी थप्छन्- कर्मठ र गौरवशाली प्रहरी र संगठनको मनोबल उच्च राख्न केही मान्छेले गरेको बदमासीको भारी सिङ्गो संगठनलाई बोकाउनु हुँदैन ।



प्रतिक्रिया