वाम एकताको उद्देश्यका साथ कार्यक्रम हुँदै

नेकपा नेता तथा पूर्व गृहमन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठले सबै कम्युनिष्ट पार्टीहरूबीच एकताका लागि दबाव दिने उद्देश्यका साथ वृहत कार्यक्रमको आयोजना गरिएको बताएका छन् । उनका अनुसार कार्यक्रम भोलि धनगढीमा पुष्पलाल मित्रता केन्द्रले वृहत् कार्यक्रमको आयोजना गर्दैछ ।

भोलि १२ बजे उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना हुने पुष्पलाल मित्रता केन्द्रका केन्द्रीय अध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । कार्यक्रमको तीव्र तयारी भइरहेको उनले बताए ।

‘वामपन्थी पार्टीहरूको एकता आजको आवश्यकता हो,’ उनले भने, ‘आगामी प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम र कम्युनिस्ट आन्दोलनलाई जोगाउनका लागि पनि आजको आवश्यकताबारे बहस हुने छ ।’

नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेकपा र एमालेसहितका दलका नेताहरूले ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयमा विचार गोष्ठीमा सहभागी हुनेछन् ।

प्रतिक्रिया