मन्दिरमा भागदौड हुँदा सातको मृत्यु

भारतको बिहारस्थित लखिसरायको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

लखिसरायका सब–डिभिजनल प्रहरी अफिसर शिवम कुमारले बीबीसीसँग सोमबार बिहान मन्दिरमा भागदौडको घटना भएको जानकारी दिएका छन् । शिवम कुमारका अनुसार घटनामा हालसम्म सातजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि सदर अस्पतालमा भर्ना गरिएको छ । समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै एक प्रत्यक्षदर्शी महिलाले भीडकै कारण घटना भएको बताइन् ।

उनले महिलाहरू लाइनमा उभिएका र त्यत्तिकैमा करिब १०–१२ जना महिला जबर्जस्ती लाइनमा छिरेर धक्का दिन थालेपछि करिब २०–२५ जना महिलाहरू एक–अर्कामाथि लड्न पुगेको बताइन् ।

प्रतिक्रिया