काठमाडौं । जिल्ला कारागार माेरङका कैदीबन्दीले प्रदर्शन गरेका छन् । प्रहरीले कारागारभित्र खानतलासी सुरु गरेपछि कैनीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन् ।
विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सोमबार बिहान करिब ५ बजेबाट प्रहरीले खानतलासी सुरु गरेकाे थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितकाे टाेली कारागारमा छ ।
प्रशासनले कारागारकाे खानतलासी सँगै विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई कारागारबाट स्थान्तरण गर्ने तयारी गरेकाे थियाे ।
तर प्रहरीको टाेलीले खानतलासी सुरु गरेपछि ब्लक ‘बी’ का कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन् । प्रशासनले बारम्बार दु:ख दिइरहेको आराेप कैदीबन्दीले लगाएका छन् ।





प्रतिक्रिया