वर्षासँगै देशका केही जिल्लामा आज (साउन २८) आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, म्याग्दी, जुम्ला, दैलेख र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
केही ठूलामा नदीमा बहाव सामान्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।




प्रतिक्रिया