काठमाडौं । संकटापन्न रेड पाण्डा (हाब्रे) संरक्षणमा समुदायको सहभागिता बढाउने उद्देश्यले तेस्रो संस्करणको रेड पाण्डा म्याराथन भदौ २० गते सोलुखुम्बुको सल्लेरीमा हुने भएको छ।
रेड पाण्डा नेटवर्कका अनुसार ४८ किलोमिटर लामो मुख्य म्याराथन थेक्छेन पेमा छोलिङ गोन्पाबाट सुरु भई ४ हजार ५४ मिटर उचाइको पिके डाँडासम्म पुगेर फर्किनेछ। पुरुष र महिला दुवै विधामा हुने प्रतियोगितामा प्रथमले १ लाख ५० हजार, द्वितीयले १ लाख, तृतीयले ५० हजार र सान्त्वनाले ३० हजार रुपैयाँसहित ट्रफी पाउनेछन्।
यससँगै स्थानीयको सहभागिताका लागि ५ किलोमिटरको ‘रेड पाण्डा समुदाय रन’ पनि आयोजना गरिनेछ। सन् २०२४ देखि सुरु भएको म्याराथन यसअघि ताप्लेजुङ र इलाममा आयोजना भएको थियो। खेलकुदमार्फत रेड पाण्डा संरक्षण र वातावरणीय सचेतना फैलाउने लक्ष्य आयोजकको छ।




प्रतिक्रिया