काठमाडौँ । बजारमा ग्यासको हाहाकार हुन थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो दिएको छ । ग्यास सहज बनाउने उपाय खोजी गर्न कार्यालयले मंगलबार सरोकारवालासँग वृहत छलफल गरेको छ ।
मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे समीक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया