काठमाडौं । भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै सीमा व्यापार औपचारिक रुपमा पुन: सुरु गरेका छन् ।
लिपुलेक नाकाबाट पहिलो चरणमा १६ जना भारतीय व्यापारी र चार जना सहयोगी तिब्बत प्रवेश गरेका छन् । यसैगरी, शिप्की–ला नाकाबाट पनि पहिलो समूहका व्यापारी तिब्बततर्फ प्रस्थान गरेका टाइम्स अफ इन्डियाले जनाएको छ ।
भारत र चीनले यसअघि जुन १ देखि व्यापार पुन: सञ्चालन गर्ने सहमति गरेका भए पनि आवश्यक पूर्वाधार र प्रशासनिक तयारी नपुगेका भन्दै कार्यान्वयन भएको थिएन ।


प्रतिक्रिया