निराश हुनुपर्ने कारण छैनः प्रचण्ड

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनबारे विगतको सामूहिक टोलीले अनुसन्धान गर्नुपर्ने बताएका छन्।

२४ औँ बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘झण्डै दुई तिहाइको भनिएको सरकारका काम, कारबाही र क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको छ। मैले बुझ्दा हामी आधारभूत रूपमा एकै ठाउँमा छौँ। हामीले विगतको समीक्षा गर्ने, गम्भीर रूपले विमर्श गर्ने, त्यसको आत्मसमीक्षा गर्ने र अगाडिको लागि फेरि कार्यदिशा बनाऔँ, कार्यक्रम, नीति निर्धारण गर्ने मुख्य आवश्यकता हो।’

उनले अब पुरानै तरिकाले नहुने भएकाले नयाँ तरिकाले जानुपर्ने बताए। इतिहासका अनुभवहरूबाट शिक्षा लिएर अगाडि जाने सङ्कल्प र दृढता गर्नुपर्ने बताए।

प्रतिक्रिया