संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुन: वार्ता,सहमति बुँदा १३ बाट १८

संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुन: वार्ता भएको छ । गृहमन्त्री सुधन गरुङग आज जनकपुरस्थित यात्री निवासमा बसेको वार्तामा पुन: मौखिक सहमति भएको छ ।

पुन: केही बुँदा थपेर १८ बुँदा पुर्‍याइएको बताइएको छ । मागपत्र गृहमन्त्री गुरुङलाई मोर्चाको तर्फबाट पेश गरिएको छ । यद्यपि शनिबार राति भएको वार्ताको १३ बुँदालाई स्पष्ट पार्ने काम वार्ताबाट भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बताए ।

प्रतिक्रिया