अमेरिका प्रवेशमा नेपालसहित ५० देशका नागरिकलाई कडाइ(सूचीसहित)

अमेरिकी विदेश मन्त्रालयले आफ्नो ‘भिसा बोन्ड’ कार्यक्रमलाई स्थायी बनाएको छ । विदेश मन्त्रालयले एक वर्षसम्म परीक्षण कार्यक्रम सञ्चालन गरेपछि त्यसलाई स्थायी बनाउने निर्णय गरेको हो ।

योसँगै कन्सुलर अधिकारीहरूले ५० देशका निश्चित बी–१/बी–२ भिसा आवेदकसँग अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी (बोन्ड) माग गर्न सक्ने भएका छन् ।

५० देशको सूची
भिसा बोन्ड (धरौटी) अनिवार्य गरिएका देशहरूको सूचीमा नेपालसहित अल्जेरिया, अंगोला, एन्टिगुवा र बारबुडा, बंगलादेश, बेनिन, भुटान, बोत्स्वाना, बुरुन्डी, काबो भेर्डे, कम्बोडिया, मध्य अफ्रिकी गणतन्त्र, कोटे डिभोआर, क्युबा, जिबोटी, डोमिनिका, इथियोपिया, फिजी, ग्याबोन, द गेम्बिया, जोर्जिया, ग्रेनाडा, गिनी, गिनी–बिसाउ, कीर्गिज गणतन्त्र, लेसोथो, मलावी, मोरिटानिया, मौरिसस, मंगोलिया, मोजाम्बिक, नामिबिया, निकारागुवा, नाइजेरिया, पापुआ न्यु गिनी, साओ टोमे र प्रिन्सिपे, सेनेगल, सेसल्स, ताजिकिस्तान, तान्जानिया, टोगो, तोंगा, ट्युनिसिया, तुर्कमेनिस्तान, तुभालु, युगान्डा, भानुवाटु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वे छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार