चैतयता कारबाहीका लागि सिफारिस कर्मचारीको संख्या कति ?

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार गठन भएयता सात हजारभन्दा बढी कर्मचारीमाथि कारबाही सिफारिस गरेको छ ।

सतर्कता केन्द्रले १३ चैत २०८२ देखि अहिलेसम्म अनुगमनका क्रममा कैफियत देखिएका सात हजार ६४ जना कर्मचारीहरूलाई कारबाहीका लागि सम्बन्धित कार्यालयसमक्ष सिफारिस गरेको हो ।

सतर्कता केन्द्रका उपसचिव एवं सूचना अधिकारी सरिता खतिवडाले कार्यालयहरूको अनुगमनका क्रममा ती कर्मचारीहरूलाई कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिइन् ।

उनका अनुसार केन्द्रले १३ चैतदेखि अहिलेसम्म ८२५ कार्यालयहरूको अनुगमन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार