काठमाडौं । डोटीमा एक शिक्षकले मदिरा सेवन कुटपिट गर्दा उनकी पत्नीको मृत्यु भएको छ । प्रहरीका अनुसार जोरायल गाउँपालिका–४ देउथलीका ५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरेर आफ्नै पत्नी ४७ वर्षीया अमृता ओलीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।
उपचारका क्रममा अमृताको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दका अनुसार चन्द्रबहादुरले बुधबार दिउँसो पौने २ बजेतिर पत्नी अमृतामाथि कुटपिट गरेका थिए ।
उनको पेटको बायाँ भागमा चोट लागेर घाइते भएपछि उपचारका लागि स्वास्थ्य चौकी चनकट्टे पठाएको थियो, तर अवस्था गम्भीर भएपछि धनगढी रेफर गरिएको थियोे ।


प्रतिक्रिया