नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई निकास दिन वीपीको राष्ट्रिय मेलमिलाप र एकताको नीतिलाई आत्मसात् गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । वीपीको ४४ औँ स्मृति दिवसका अवसरमामा काठमाडौँमा आयोजित कार्यक्रममा नेता डा. कोइरालाले पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य सक्तीहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य रहेको बताए ।
‘अहिले वीपीको मेलमिलापको नीति अपरिहार्य छ । त्यसका लागि पहिला पार्टीमा र त्यसपछि देशका अन्य सक्तीहरूबिच एकताको आवश्यकता छ,’ डा. कोइरालाले भने ।
डा. कोइरालाले वीपी कोइरालाको उपचारका क्रममा दिल्लीमा रहँदाको एउटा मार्मिक प्रसङ्ग पनि स्मरण गरे । चौथो चरणको क्यान्सरबाट पीडित भएको थाहा पाउँदा समेत वीपीले चिकित्सकसँग आफू कति समय बाँच्छु भनी सोध्नुको कारण व्यक्तिगत स्वार्थ नभई ‘देशका लागि अझै केही काम गर्न बाँकी रहेको’ भावना रहेको उनको भनाइ थियो । अहिले पनि त्यसो गर्नुपर्ने आवश्यकता रहेको कोइरालाले बताए ।


प्रतिक्रिया