नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुक रास्वपाकरण भएको बताएका छन् । आफ्ना पुस्तकद्वय बुद्ध, बीपी र आजका नेता तथा लिलिपुटका लघुमानव पुस्तकको मंगलबार लोकार्पण समारोहमा बोल्दै उनले बोल्न पनि गाह्रो भएको उल्लेख गरे ।
“कहीँ उभिएर गलत गर्यो भन्नु हुँदैन भन्ने सरकारको मान्यता छ,” उनले भने, “तर, कांग्रेसले गलतलाई गलत सहीलाई सही भन्छ ।”
उनले हालै सम्पन्न फिफा विश्वकप फुटबलको फाइनल खेलको उदाहरण दिए । उनले सबै मेस्सीकरण भएकाले स्पेनलाई जित मनाउन गाह्रो भएको बताए ।
“बल खेलाएको ८० प्रतिशत समय स्पेनको खुट्टामा थियो,” घिमिरेले भने, “स्पेनले राम्रो गर्दैछ भन्न गाह्रो थियो ।”


प्रतिक्रिया