संयुक्त राष्ट्रसंघको महासभामा माग लिन प्रम भदौ ३० गते अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली मौलिक प्रकारको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास सम्मुनत नेपाल निर्माणको प्रयासबारे विश्वसामु प्रस्तुत गर्ने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्व समुदायसमक्ष मुखरित गर्न पाउनुलाई महत्वपूर्ण अवसरको रुपमा लिएको बताउँदै यस्तो बताएका हुन् ।

उनले संयुक्त राष्ट्रसंघका महासचिवबाट महासभाका सम्बोधन गर्नका लागि निमन्त्रण प्राप्त भएको बताउँदै त्यसतर्फ भाद्र ३० गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रस्तान गर्ने बताएका छन् ।

्उनले भने– ‘यसै वर्ष दिगो विकास, जलवायू परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित विश्व चुनौतीहरु, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तिय प्रवन्ध लगायतका संयुक्त राष्ट्रसंघका मुलुकहरुका साझा चासो एवं सरोकारका विषयहरुमा गहन रुपमा छलफल हुने गरी साइडलाइनमा आयोजना हुने बैठकमा समेत सहभागी हुन मलाई निमन्त्रणा प्राप्त भएको छ ।’

राष्ट्रसंघका महासचिवबाट महासभाका सम्बोधन गर्नका लागि निमन्त्रण प्राप्त भएको बताउँदै त्यसतर्फ भाद्र ३० गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रस्तान गर्ने बताएका छन् ।

प्रतिक्रिया