नेपाली कांग्रेसका तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले बुधबार राजीनामा दिएका छन् । राजीनामापछि अब पार्टीको आगामी रणनीति सरकारको नेतृत्वतर्फ केन्द्रित हुनसक्ने अनुमान गरिएको छ ।
कांग्रेसले अब सरकारको नेतृत्व दाबी गर्ने वा नयाँ समीकरणअनुसार सरकारमा सहभागी हुने भन्ने निर्णय केन्द्रीय नेतृत्वको परामर्शपछि सार्वजनिक गर्ने तयारी गरेको छ । शाहीको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ, किनकि यसले कर्णाली प्रदेशमा आगामी सत्ता समीकरण र मुख्यमन्त्रीको नेतृत्व परिवर्तनबारे राजनीतिक बहसलाई थप तीव्र बनाएको छ ।





प्रतिक्रिया